बडा दशैकाे दाेस्राे दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीकोपूजा गरिँदै छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।