‘चिसो मान्छे’को पोस्टर सार्वजनिक

काठमाडौं : नेपाली फिल्म ‘चिसो मान्छे’को पोस्टर सार्वजनिक भएको छ। दीपेन्द्र के खनालको लेखन‚ निर्देशन तथा छायांकन रहेको फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्जजनिक गरिएको हो।

पोस्टरसँगै फिल्मको नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। यसअघि गत भदौ ११ देखि प्रदर्शनको मिति तोकिएको थियो। तर‚ फिल्म कोरोनाका कारण प्रदर्शनमा आउन सकेन। अब फिल्मलाई २०७९ बैशाख ३० गते प्रदर्शनको मिति तोकिएको छ।

शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का, आशान्त शर्मा, देशभक्त खनाल, झकेन बिसीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा कारोनापछिको नेपाली समाजको चित्र उतार्न खोजिएको निर्माण टोलीले बताएको छ। फरक स्वादका फिल्मका कारण चिनिने दीपेन्द्रका ‘आमा’, ‘पशुपतिप्रसाद’, ‘चपली हाइट’ आदि निकै मन पराइएको फिल्म हुन्। ​