पहिरोले कालिकोटकाे पिलीमा सडक अबरुद्ध

कालिकोट ।  आइतबारदेखिको परेकाे अविरल वर्षापछि पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्डको कालिकोटकाे पिलीमा माथिबाट आएकाे पहिरोले सडक अवरुद्ध भएको हाे ।

पहिराे ठुलाे आएकाे हुनाले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन नसक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका  प्रहरी प्रमुख चक्र बहादुर शाहाले जानकारी दिए ।

‘हामीले पहिराे पन्छ्याउन प्रयास त गरेका छाै; तर केही समयले लाग्छ शाहले भने, । बुधबार (हिजाे) नेपाली सेना, नेपाल प्रहरी, स्थानीयसहितकाे टाेलि राजर्माग खुलाउन पिली पुगेको थियाे । राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुका यात्रुहरुलाई सास्ती भएको छ ।