काठमाडौमा अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्बन्धी सम्मेलन हुने

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको छ ।

सो सम्मेलनमा विभिन्न देशबाट विपद्, प्रकोप तथा पुनर्निर्माण सँग सम्बन्धित विज्ञ प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनको संयोजक रहेका प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै ठूला प्रकारका क्षतिको पुनर्निर्माण पनि सम्पन्न गर्न सफल भयौं भनेर अन्तर्राष्टिय समुदायलाई जानकारी दिनका लागि पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिए ।