६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो

काठमाडौं । वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र ड्राइभिङ लाइसेन्सको आवेदन खोलेको छ । आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।

प्रवक्ता डा लोकनाथ भुसालका अनुसार सोमवार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए ।

प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।