पशुपति र लक्ष्मी ‘दोहोरीको राजा’ सार्वजनिक

काठमाडौँ । दरबार भित्रको पारिवारिक मनोरञ्जनको विषय समेटिएको गीत ‘दोहोरीको राजा’ सार्वजनिक भएको छ । पहिले राजाहरूले विभिन्न ठाउँका राजाहरूलाई बोलाई सांस्कृतिक मञ्चन गराउने परम्परा गीतमा झल्काउन खोजिएको छ ।

पशुपति शर्मा र लक्ष्मी मल्लको स्वर रहेको गीतमा नकुल ढकालको शब्द तथा हेमन्त कान्छाको संगीत रहेको छ । गीतमा अञ्जली अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतको अभिनय रहेको छ । सन्तोष राज वाहकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालले छायांकन र निशान कश्यपको सम्पादन तथा निर्देशन छ ।