फार्मेसी संघ कर्णाली प्रदेशको दाेस्राे अधिवेशन सम्पन्न

सुर्खेत । नेपाल फार्मेसी संघ कर्णाली प्रदेशको दाेस्राे अधिवेशन सम्पन्न भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार सम्पन्न संघमा अध्यक्षमा सुन्दर आचार्य निर्वाचित भएका छन्  ।  यस्तै आचार्यसहित १७ सदस्यीय कर्णली प्रदेश कमिटीलाई निर्वाचित गरेको छ । प्रदेशको वरिष्ठ उपाध्यक्षमा शशी थापा, उपाध्यक्षमा पवन पाण्डे, महासचिव शेखर बराल, सचिव खेमराज खनाल, कोषाध्यक्ष तृष्णा गुरुङ, सह–कोषाध्यक्ष बसन्ती थापा तथा सदस्यमा गोविन्द खत्री, यामराज सुनार, पुष्कर शाही, दिपेन्द्र भण्डारी, पूर्णबहादुर महतरा निर्वाचित भएका छन् ।

प्रदेश कमिटीले रिक्त ५ सदस्यीय कार्यसमितिलाई पछि मनोनयन गर्ने निर्णय गरेको नव निर्वाचित अध्यक्ष बताए ।