तिहार नजिकिएसँगै सुर्खेतमा फूलको माग बढ्याे  (फाेटाे फिचर)

सुर्खेत । तिहार नजिकिएसँगै सुर्खेतमा फूलको माग पनि बढ्न थालेको छ । पछिल्लो समय ठूलो शहरमा परिणत हुँदै गएको सुर्खेत उपत्यकामा पनि फूलको माग बढ्दै गएको हाे ।

तिहारलाई लक्षित गर्दै सुर्खेतका एक युवाले परीक्षणका रुपमा व्यावसायिक फूल खेती गरेका छन्। स्थानीय ईन्द्रजीत सुनारले वीरेन्द्रनगर–३ मा करिब ३ कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फुलाउन सुरू गरेका छन् ।