नेपाल बैंकर्स संघ कर्णालीको संयोजकमा पोखरेल

सुर्खेत । नेपाल बैंकर्स संघ (एनबिए ) कर्णाली प्रदेशको संयोजकमा एनआई सी एसिया बैंक लिमिटेड प्रदेश कार्यालय सुर्खेतका प्रमुख राजनप्रसाद पोखरेल चयन भएका छन् । सोमबार बसेको कार्यसमितीको बैठकले पोखरेलको संयोजकत्वमा ७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सोही बैठकले सानिमा बैंक लिमिटेड प्रदेश कार्यालय सुर्खेतका प्रमुख भोला राज पन्त, ग्लोबल आई एम ई बैँकका उप–संयोजक विष्णु अर्याल, सेन्चुरी कमर्सीयल बैँकका धर्म राज श्रेष्ठ, सिटीजन्स् इन्टरनेस्नल बैँककका. विनय गौतम, कुमारी बैँकका हिमाल मुडभरी र सिभिल बैँकका अभिजीत श्रेष्ठलाई सदस्यमा चयन गरिएको हो ।

संयोजक पोखरेल १३ बर्ष देखि बैँकिङ्ग क्षेत्रमा कार्यरत छन् । एनआई सी एसिया बैँक लिमिटेड कर्णाली प्रदेशको प्रमुख हुनुभन्दा पहिले लुम्बिनी प्रदेश कार्यालयको उप–प्रमुखको कार्यभार सम्हालेका थिए ।

संघले आगामी दिनहरुमा यस क्षेत्रमा बित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य र शिक्षा क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु ल्याईने संयोजक पोखरेलले बताए ।