५ सय ८५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौं। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ। ५ सय ८५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।

जसअनुसार नेपाली कांग्रेसल २६० स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले १६३ स्थानमा जितेको छ।

नेकपा माओवादी केन्द्रले १०५, जनता समाजवादी पार्टीले १८, एकीकृत समाजवादीले १२ र अन्य दलहरूले २७ स्थानमा जितेका छन् ।