रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति हुँदै

काठमाडौं । रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ। रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन् ।

वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन् । वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ।

जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन् । वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।