ग्लाेबल आईएमई बैंकले ग्राहकलाई  दराजकाे ‘११ः११ अफर’ मा १५ प्रतिशत छुट

काठमाण्डाै । ग्लोबल आईएमई बैंक लिमिटेडले दराजको ‘११ः११ अफर’ अन्तर्गत दराजबाट अनलाइनमार्फत सामान किन्दा  ग्राहकहरुलाई १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३,००० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३,५०० रुपैयाँसम्म छुट पाउनेछन् ।

यस बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।