आज सातवटै प्रदेशमा राप्रपाले अधिवेशन गर्दै

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार (आज) सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाको सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव भने मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।