मुगुमा आगलागीबाट ३५ करोड ५५ लाख बराबरको क्षति

सुर्खेत। मुगु सदरमुकाम गमगढी बजारमा मंगलबार राति भएको आगलागीबाट ३५ करोड ५५ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा अहिलेसम्म ८० परिवार विस्थापित भएको र ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् ।

यस्तै पीडितले दिएको जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । उनका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको छ ।

साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् । घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो ।