काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८ हजार ९७२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ मंसिर ३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्