सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते

सुर्खेत । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको छ । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

७ जना गम्भीर घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।