जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु

सुर्खेत । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ ।

नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।