आर्थिक मामीला तथा योजना मन्त्रीमा बिन्दमान बिष्टले लिए शपथ

सुर्खेत । आर्थिक मामीला तथा योजना मन्त्रीमा बिन्दमान बिष्टले पद तथा गोपनियताको शपथ लिएका छन् । बिष्टलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ दिएका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्तीका लागि प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेका थिए ।