मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राप्रपाले बिश्वासकाे मत दिने

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले बिश्वासकाे मत दिएकाे छ । मुख्यमन्त्री शाहीले मंगलबार बिश्वासकाे मत माग्दै संसदमा प्रस्ताव पेश गरेका थिए ।

राप्रपा सांसद साेशीला शाहीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने दलकाे निर्णय भएकाे बताईन् । `छाेटाे समयमा अहिलेकाे सरकारले धेरै महत्त्वपूर्ण काम गर्नुपर्ने छ,´ शाहीले भनिन्, `सरकारलाई सहज रूपमा काम गर्नका लागि राप्रपाले मुख्यमन्त्रीलाई बिश्वासकाे मत दिने निर्णय गरेकाे छ ।´

४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन् । राप्रपाबाट कर्णाली प्रदेशसभामा एक जना सांसद छन् । कात्तिक १६ गते नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीकाे समर्थनमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेका थिए ।

संबैधानिक ब्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री शाहीले बिश्वासकाे मत लिँदैछन् । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद उपस्थित छैनन् ।