कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो । मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लाथि अधिवेशन बोलाइएको थियो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।