कर्णाली करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा

कालीकोट । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा आएको छ । कर्णाली करिडोर सुरु हुने कालीकोटको खुलालुमा कर्णाली नदीमाथि पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

१२ वर्षअघि उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास दुईपल्ट गरेका थिए । पटकपटक निर्माणको लागि ठेक्का हुँदै अलपत्र पर्दै आएको पुल गत असोजमा ढलान भएपछि कात्तिक अन्तिम सातादेखि सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि सुर्खेतबाट कालीकोटको पश्चिम उत्तरी भेगसहित बाजुरा, मुगु र हुम्लाको सिमानासम्म एउटै गाडीबाट आउन सकिने भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।