आफूमाथि लागेको अभियोगको डटेर सामना गर्ने छु –सन्दीप लामिछाने

काठमाडौं । १७ वर्षीया बालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको डटेर सामना गर्ने बताएका छन् । लामिछानेले आफू निर्दोष रहेको बताउँदै नेपालको कानुन मान्ने र विदेशमा भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि सन्दीपले बताएका छन् । समाजिक सञ्जाल मार्फत लामिछानेले उक्त जानकारी दिएका हुन । उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीप विरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पूर्जी जारी नभएसम्म (क्यान)ले लामिछानेलाई कुनै किसिमको कारबाही नगर्ने बताए पनि काठमाण्डौ जिल्ला अदालतबाट २०७९ भाद्र २३ गते बिहिबार पक्राउ पूर्जि जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि बिहीबार साँझ नै उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।