कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी

सुर्खेत । नेपाली काँग्रेसको कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् । उनले प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेश सभापतिमा ललितजंग विजयी भएका हुन् । पराजित सभापतिका उम्मेद्वारद्वय भुपेन्द्रजंगले ३ सय १७ मत र मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । विजयी शाही संस्थापन पक्षका हुन् ।

पराजित भएका भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल) समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् । खसेको कुल ७५४ मत मध्ये ८ मत बदर भएको छ । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।