दैलेखमा बलात्कारकाे आराेपमा एक युवा पक्राउ

सुर्खेत । दैलेखको नारायण नगरपालिकामा बलात्कारको आरोपमा एक युवा पक्राउ परेका छन् । शुक्रबार राती नारायण नगरपालिका ६ मा २० वर्षीया युवतीलाई मध्यरातमा बलात्कार गरेको आरोपमा स्थानीय राहुल सार्की पक्राउ परेका प्रहरीले जनाएको छ ।

मध्यरातमा युवतीको घरभित्र पसेर युवतीलाई बलात्कार गरेको उजुरीपछि राहुललाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।