डाेल्पा । यस बर्षकाे पाैष मध्य महिनामा डाेल्पामा परेकाे हिमपातले डाेल्पाका अधिकांस भु-भाग हिउँले सेताम्मे भएकाे छ । डाेल्पाकाे सदरमुकाम दुनैमा भने अझै हिउँ परेकाे छैन् । 
मंगलबार (हिजाे) देखि माथिल्लो डाेल्पा मध्य डाेल्पा र तल्लाे डाेल्पाका अधिकांस बस्तीहरुमा हिमपात भैरहेकाे छ । हिमपात सँगै चिसाेले जनजिवन कष्टकर बनेपनि कृषक भने खुसी भएका छन् ।
याे समयमा हिमपात भए पछि उत्पादन धेरै हुने अनि हिमाली क्षेत्रमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बा बढ्ने विश्वास रहेकाे स्थानीय कृषकहरुले बताएका छन् । 
अहिले पनि डाेल्पाका प्राय भागमा हिमपात भैरहेको छ ।



तस्बिर संवाददाता डाेल्पा

प्रकाशित मिति : २०७८ पुस १४ गते बुधबार






