प्रहरीलाई घुस दिन खोज्दा एक युवक  पक्राउ

सुर्खेत ।   सुर्खेतमा  ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा ट्रक चालक पक्राउ परेका छन्  । प्रहरी चौकी सुब्बाकुना सुर्खेतले बिहिबार (आज)  विहान ८ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना प्रहरी चेक प्वाईन्टमा पक्राउ गरेको हो ।
सुर्खेतबाट नेपालगञ्ज तर्फ जाँदै गरेको प्रदेश २_०३_००१ ख ५७९३ नम्बरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकको चालक शेरबहादुर विकले प्रहरीलाई घुस दिन खोज्दा प्रकाउ परेको प्रहरीले बताएको  छ ।
प्रहरीका अनुसार शेरबहादुरको सवारी चालक अनुमति पत्र नभएको र सवारी साधनलाई होल्डमा राख्दा पाँचसय रुपैयाँ दिन खोज्दा पक्राउ गरेको जनाएको छ ।