एमाले सुर्खेतको नयाँ नेतृत्वको लागि मतदान शुरू

सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वको लागि मतदान शुरू भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास सफल नभएपछि आज निर्वाचनबाट छिनोफान गर्न मतदान शुरू भएको हो ।

अध्यक्ष पदमा अमृतबहादुर विसी र डण्डी शर्माको उम्मेद्वारी दर्ता भएको छ । यस्तै, उपाध्यक्षमा ऋषि गिरी र कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, रेशम राना तथा उप-सचिव दुइ पदमा चार जनाको उम्मेद्वारी छ । घनश्याम पाण्डे, टिकाराम सुवेदी, नेत्रलाल महतारा र बलबहादुर नेपालीले उप(सचिव पदमा दर्ता गराएका छन् । २२ जना खुल्ला सदस्यमा ५३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।