धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रुपराज भाटको मृत्युु भएको प्रहरीले जनाएको छ ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनकाअनुसार काम विशेषले अछामबाट कोहलपुर गएका भाट पुलमा फोटो खिच्ने क्रममा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
![](https://aksanchar.com/wp-content/uploads/2024/09/bulbule-Gift-Corneer.gif)
ए.के. सञ्चार । ४ माघ २०७८, मंगलवार १२:४३