नेपाली काँग्रेसकाे वडा स्तरिय पार्टी कार्यालय उद्घाटन

सुर्खेत । नेपाली काँग्रेस वीरेन्द्रनगर-११ को पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन सम्पन्न भएपछि स्थानीयतह देखि पुनः समितिहरु सक्रिय हुँदै गएकाे छ्न् ।

नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो निजी रुपमा प्रयोग गर्ने गरी वडा स्तरिय पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस कर्णाली प्रदेशका सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि अहिमत बक्सले उद्द्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा वडा सभापति बिनोद कुमार सापकोटा (हरि) ले सभापतित्व गर्दै “टुटफुट र अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र वडा एक ढिक्का भयर जनताको सेवक बन्ने; बताए ।

त्यस्तै, कार्यक्रममा सुर्खेत जिल्लाका सचिव बालदिप कँडेलले महाधिवेशनमा “आफुले जनस्थर बाट पाएको माया र बिश्वासलाई सधै शिरमा राख्दै काङ्ग्रेस हुनुमा गर्वको महसुस गराएको बताए ।

यस्तै सुर्खेत क्षेत्रीय (क) का सचिव कुलबहादुर खत्रीले नेपालमा प्रजातान्त्रको स्थापनादेखि नेपालको एकतन्त्रीय राणा शासन र भारतको औपनिवेशिक शासनविरुद्धको संघर्ष गरेको काङ्ग्रेसले आफ्नो इतिहासलाई साकार गर्न सबै एक भएर वाडवासीको अभिभावकत्व लिन सक्नु पर्ने बताए ।

महाधिवेशनका क्रममा भएका तिता अनुभवलाई मेट्दै काङ्ग्रेस एक ढिक्का छ भन्ने सन्देश बोकेर अगाडि बढ्न सबैले पहल गर्नु पर्ने बताए ।

प्रमुख अतिथिले अबको चुवान काङ्ग्रेस भारी मतले अगाडि आउने गरि लाग्न सम्पुर्ण नेता कार्यकतालाई आग्रह गरे । कोभिड सुरक्षा सहित एक औपचारीक कार्यक्रमका साथ उक्त वडा स्तरिय पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण वाड सचिब यामराज वलिले गरेका थिए ।