गाैशाला तथा सरसफाई व्यवस्थापन सहकारी दर्ता

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा सडकमा रहेका चौपायाहरु (गाईगोरु) तथा सरसफाई व्यवस्थापन गर्नकालागि आज सुन्दर कर्णाली गौशाला तथा सरसफाई व्यवस्थापन बहुदेश्यीय सहकारी संस्था लि. दर्ता गरिएको छ । 

कोभिडको दोश्रो लहरको समयमा सामाजिक न्यायकालागि गठित कर्णाली स्वयंसेवक दलको सक्रियतामा वीरेन्द्रनगरमा यत्रतत्र छरिएका गौ पशुहरुको व्यवस्थापन गर्नकालागि सहकारी दर्ता गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले बताए ।

हामीले वीरेन्द्रनगरमा यत्रतत्र छरिएका गौ पशुहरुको कारणले मानवीय क्षती तथा गौ प्राणीको रक्षाकालागि सहकारी मार्फत काम गर्नकालागि आज कानुनीरुपमा अगाडी सरेका छौं; अध्यक्ष श्रेष्ठले बताए ।

सहकारीको अध्यक्षमा ताराकेशर पौडेल रहेका छन् भने उपाध्यक्षमा प्रवाश कुमार शाक्य, सचिवमा धर्मराज आचार्य, सहसचिवमा हरिप्रसाद उपाध्याय, कोषाध्यक्षमा शेरबहादुर खड्का, रहेका छन् । त्यस्तै सदस्यहरुमा जयप्रसाद आचार्य, ओमबहादुर खड्का, पार्वती गिरी, नेत्रप्रसाद चालिसे, तारा कोइराला र गणेश कुमार पन्त रहेका छन् ।