शिवशिखरकाे एटीएम सेवा संचालनमा

सुर्खेत । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । 

उक्त सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटीएम सेवा सञ्चालनमा ल्याएको हाे ।

मंगलवार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटीएम सेवा सञ्चालनको शुरूवात गरेका हुन् ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

एटीएम सेवा शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले सहकारीले सञ्चालन गर्ने यस्ता प्रविधिमैत्री सेवाले नागरिकलाई सर्वसुलभ र सहज सेवा लिन सहयोग पुग्ने बताए ।

मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको यो सहकारीले शेयर सदस्यलाई सरल र सहज वित्तीय सेवा दिन यस अगाडि नै मोबाइल एप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढी प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ । यो सहकारीले सोमवार मात्रै नेपालगन्जमा एटीएम सेवा विस्तार गरेको थियो ।

सुर्खेतमा खुलेको यसको पाँचौ एटीएम काउन्टर हो । यो महिनाभित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटीएम सेवा सञ्चालनमा ल्याइने संस्थाका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।