दैलेख देखि नेपालगन्ज जाँदै गरेको बस दुर्घटना, ४ जना घाईते

सुर्खेत । दैलेख देखि नेपालगन्ज जाँदै गरेको बस दुर्घना भएको छ । (कर्णाली प्रदेश ००२००१ ख ००१) नम्बरको बस दुर्घटना भएको हो । बस सुर्खेत बराहाताल ८ दमारे नजिक करिब २० मिटर तल खोल्सामा खसेको छ ।

बसमा सवार ४ जना घाईते भएका छन । घाईते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा बिक नारायण नगरपालिका वर्ष ४१ का मिरा व्वर्णकार नारायण नगरपालिकाकै वर्ष २१ का एलिना पुलामि र डुङ्गेश्वर गाउँपालिकाका ४५ वर्षिका लक्ष्मि राना रहेको प्रहरीले जनाएको छ । बसमा सवार १३ जना रहेको थिए । साहु चालक एउटै ब्यक्ति रहेका छन । घाईतेहरूको प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।