यस वर्षको रसायशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने

  ।   २० आश्विन २०७९, बिहीबार १४:०१

सुर्खेत। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि तीन वैज्ञानिकलाई उक्त पुरस्कार दिइनेभएको नोबेल समितिले जनाएको छ। तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन्।

पुरस्कृतमध्ये ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए।गत वर्षको रसायनतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

Next Post

मनाङमा हिमपात, पर्यटकलाई उच्च सर्तकता अपनाउन प्रशासनको आग्रह

२० आश्विन २०७९, बिहीबार १४:०१
मनाङ । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको छ […]