नयाँ शिराबाट सदनमा उपस्थिति देखाउछौ: नेता कडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कडेलले जिम्मेवार प्रतिपक्षको रुपमा भुमिका खेल्ने बताएका छन् । उनले आठौं अधिबेशनमा एमालेले उठाएका कुरा अहिले आएर असान्दर्भिक भै सकेको बताउदै सदनमा नया शिराबाट उपस्तिथि देखाउने बताए ।

“हाम्रा कारणले बजेट रोकिएको होइन । अध्यादेश ल्याउन सरकार नै जिम्मेवार हो ।” उनले भने, “त्यति बेला एमालेका कारण बजेट रोकिएको भनेर प्रचार गरिनु गलत हो । सरकार आफ्नै कारण अध्यादेश ल्याउन तयार भएको हो ।”

उनले सरकारको प्रस्तुती हेरेर भुमिका खेल्ने बताउदै नेता कडेलले दुई सदनको बिचको समयलाई उपयोग गर्ने के ब्यबस्था गरेको छ भन्दै सरकारलाइ प्रश्न गरे ।

“कर्णाली प्रदेश सभा भित्र राजनितिक प्रतिशोधका आधारमा प्रश्न उठाउदैनौ । यध्यपी त्यस्ता बिसय धेरै छन ।” उनले भने, “हिजो सम्म एक परिस्थिति थियो । स्थानीय तहका पदाधिकारीको समय सकिदै थियो । गठबन्धनले चुनाव सार्ने कसरत गर्दै थियो । एक्लै चुनाबको सामना गर्ने पार्टीको रुपमा एमाले तयार छ । आवधिक चुनाबको पक्षमा हामी छौ । स्थानिय तह एक दिन पनि खाली नहुने कुरा कार्यान्वयन गर्न लागौ । कोहि हारौला कोहि जितौला तर लोकतन्त्रले जित्नेछ ।”

अबण्डा शिर्षक र त्यसको बितरण बारे बिगतमा बारम्बार सदनमा छलफल भएको स्मरण गर्दै उनले निर्लज्ज हुने गरि रकम बिनियोजन गरिएको आरोप लगाए । यसबारेमा सरकारले प्रस्ट पार्नु पर्नेमा जोड दिए ।

उनले दुई लाख तीन लाखका रुपमा जथाभावी गरिएको बजेट बिनियोजन लाई सरकारले रोक्नु पर्ने र त्यसलाइ खारेज गर्न सरकार तयार भए एमाले सहयोग गर्ने प्रतिवद्वता जनाए ।
“माननीय जादा पनि योजना पाउन सकेनन ।” उनले भने, “कहाँ कति बजेट गएको छ त्यो जान्न पाउनु सांसदको अधिकार हो ।”

उनले मुख्यमन्त्री रोजगार र पुर्वाधार कार्यक्रमका छिनछिनमा कार्यबिधी बदल्ने चलन गलत भएको बताए । उनले प्रदेश सरकारले बिगतमा गरेका बजेट कार्यान्वयन भन्दा पनि भ्रस्टाचार भएको बताउदै मनलाग्दी कार्यबिधी नबनाउन सरकारलाइ सुझाव दिए ।