भेरी नदीमा बेपत्ता तीनै जना बालबालिकाको शव भेटियो

सुर्खेत । भेरी नदीमा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ ।

फागुन २८ गते भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका नदीमा बगेर बेपत्ता भएका थिए ।

उक्त तीनै जनाको शव भेरी नदीको विभिन्न स्थानबाट भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बिहीबार भेरीगंगा नगरपालिका–११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शव भेटिएको हो । दुवैको शवलाई पोष्ट मार्टमका लागि मेहलकुना अस्पताल पु¥याईएको छ ।

यस्तै, बेपत्ता लेकवेशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढा मगरको बुधबार नै शव भेटिएको थियो ।