हिउँ हेर्न जानेको भीडले सडक जाम

सुर्खेत । सुर्खेत र दैलेखको सीमानामा शनिवार हिउँ परेपछि हेर्न जानेको भीडले सडक जाम भएको छ । वीरेन्द्रनगर नगरपालिकाको सिद्धपाईला, रातानाङ्गला र गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हेउँ शनिवार विहान परेको हो ।

आईतबार विहानैदेखी मौसम खुलेपछि  जिल्लाका नागरिकहरु हिउँ हेर्न गुराँसे पुगेका छन् ।

गुराँस पुगेका र फर्किरहेकाहरु रातानाङ्गला र सिद्धपाईला क्षेत्रमा सवारीको चापले जाममा परेका हुन् । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीकाअनुसार गुराँस क्षेत्रमा हजारौंको संख्यामा नागरिकहरु आएको जानकारी दिए ।  ‘साँघुरो सडकका कारण फर्किने र आउने नागरिकहरु जामका कारण यात्रा गर्न कठिन भइरहेको ओलीले बताए ।