प्रदेशसभा अध्यक्षता गर्नका लागि ५ सांसदहरुलाई मनोनित

सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुख र उपसभामुख नभएको खण्डमा बैठकको अध्यक्षता गर्नका लागि ५ सांसदहरुलाई मनोनित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार सांसद दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनसिंह रखाल, रातो कामी र सोशीला शाहीलाई मनोनित गरिएको छ ।

सभामुख राजबहादुर शाहीकाअनुसार प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार उनीहरुलाई मनोनित गरिएको हो ।  प्रदेशसभा नियमावली २०७४ को ११ मा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने व्यवस्था छ । ११ (१) मा बढीमा पाँच जना त्यस्ता सदस्य मनोनीत गर्न पाइने व्यवस्था छ ।

नियम ११ उपनियम २ मा मनोनीत सदस्यले बैठकको अध्यक्षता गर्दा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ ।