एमाले स्थायी कमिटीको बैठक दिउँसो ३ बजेका लागि सर्‍यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले को स्थायी कमिटी बैठक सरेको छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो ।

बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।