कर्णाली प्रदेश लोकसेवा आयोगलाई विज्ञापन यथास्थितिमा राख्न सर्वोच्च अदालतको आदेश

  ।   २८ माघ २०७८, शुक्रबार १२:०१

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा गरेको विज्ञापन यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको छ ।

थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले रिट निवेदक र विपक्षी दुबै पक्षलाई फागुन ९ गते छलफलमा बोलाई त्यतिन्जेलसम्म परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।

कर्णाली प्रदेश लोकसेवा आयोगले पुस २७ गते गरेको विज्ञापनमा थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले थारु समुदायलाई छुट्टै आरक्षणको व्यवस्था नगर्नुको कारण पनि विपक्षीहरुसँग माग गरेको छ ।

Next Post

स्थगित गरिएका परीक्षा र कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

२८ माघ २०७८, शुक्रबार १२:०१
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई पर्सिदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी […]