वडा अध्यक्षको निधनपछि छिन्चु बजार बन्द

सुर्खेत । भेरीगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि भेरीगंगाका स्थानीय आक्रोशित भएका छन् ।

फोर्सको ठक्करबाट गम्भिर गाईते भएका वडा अध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।

दोषीलाई कारवाही हुनुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र घटनापछि अहिलेसम्मको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने माग गर्दै सडक तथा बजार बन्द गराईएको छ ।