सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको मुख्यमन्त्री शाहीकाे भनाइ

सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाए ।

शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । पुरानो ध्वजाका ठाउँमा नयाँ ध्वजा राखी नौ प्रकारका अन्न मिसाइएका अन्न खाँदै नयाँ वर्ष स्वागत गरेर मनाउने यस पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्‍याएको उनले बताए ।