गायक प्रकाश सपुतलाई ‘पीर’ गीत युट्युबबाट हटाउन चेतावनी

काठमाडौ । प्रकाश सपुतको नयाँ गीत ‘पीर’ रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ ।

तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई युट्युवबाट गीत हटाउन चेतावनी नै दिएकी छन् । उनले सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।