तिला नदीमा पौडी खेल्दै गर्दा दुईजना बेपत्ता

सुर्खेत । कालिकोटमा पर्ने तिला नदीमा पौडी खेल्दै गर्दा दुईजना बेपत्ता भएका छन् । शुक्रबार महाबै गाउँपालिका–५ को संग्रौला तिला नदीमा दुईजना बेपत्ता भएका हुन् ।

कर्णाली प्रदेश प्रहरीका अनुसार बेपत्ता हुनेमा ठाउँका १७ वर्षका अपिल भट्टराई र दिपेन्द्र भट्टराई रहेको जनाएको छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयले उनीहरूको खोजीकार्य जारी राखेका छन् ।