प्रदेशसभा सदस्य बिष्टले सचिवालयमा सनाखत गराए

सुर्खेत । माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य ठम्मर बिष्टले प्रदेशसभा सचिवालयमा उपस्थित भएर सनाखत गराएका छन् । पदबाट राजिनामा दिएका बिष्टले शुक्रबार साढे ४ बजे प्रदेशसभामा उपस्थित भएर राजिनामाको सनाखत गराएका हुन् ।

उनले गत शुक्रबार काठमाडौंबाट राजिनामा घोषणा गरेका बिष्टले इमेल मार्फत राजिनामा पत्र प्रदेशसभामा पठाएका थिए । इमेलमा स्कयान गरेको हस्ताक्षर रहेको भन्दै प्रदेशसभाले आफै उपस्थित भएर सनाखत गराउनुपर्ने भन्दै राजिनामा स्वीकृत गरेको थिएन ।