हुम्लामा स्थानीयले निर्वाचन अघि नै वडाध्यक्ष र सदस्य छान्न थाले

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचन अघि नै वडाध्यक्ष र सदस्य छानेका छन् । जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्य छानेका हुन् ।

वडाध्यक्षमा फेरि पनि नेपाली कांग्रेसका पाल्जोर तामाङ नै दोहोरिएका छन् । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) का अनुसार सदस्यहरूमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका छन् ।

अब औपचारिकता पूरा गर्नका लागि आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनीहरूको मात्रै मनोनयन दर्ता हुनेछ ।