सुर्खेतका २१९ जनाको निःशुल्क उपचार

सुर्खेत। सुर्खेतका २१९ जनाको निःशुल्क उपचार गरिएको छ । वीरेन्द्रनगर नगर अस्पताल सुर्खेतले सोमबार गरेको निःशुल्क स्वास्थ्य शिविरबाट उनिहरूको उपचार गरिएको हो ।

अस्पतालका अनुसार निशुल्क स्वास्थ्य शिविरमा ९२ जनाको आँखाको उपचार, २९ जनालाई पाठेघर सम्बन्धि उपचार र ९८ जनालाई जनरल ओपिडि जाँच सेवा जम्मा २१९ जनाको निःशल्क उपचार गरिएको छ ।

उक्त निःशुल्क स्वास्थ्य शिविर वीरेन्द्रनगर नगर पालिका सुर्खेत, जन स्वास्थ्य शाखा वीरेन्द्रनगर,आधारभुत स्वास्थ्य केन्द्र धारापानि वीरेन्द्रनगर–१, आँखा अस्पताल सुर्खेत, नेपाल परिवार नियोजन संघको समन्वयमा सञ्चालन गरिएको थियो ।