कांग्रेसबाट सुर्खेत बराहतालको अध्यक्षमा भण्डारी

सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत बराहतालको अध्यक्षमा भीम भण्डारी उम्मेदवार बनेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनेका हुन् ।

सोमबार नेपाली कांग्रेस जिल्ला समितिले भण्डारीलाई बराहताल गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको हो ।

भण्डारीले बरातालल गाउँपालिकाको अध्यक्षको टिकट पाए सँगै आफ्नो उम्मेदवारी दर्ता समेत गरेका छन् । भण्डारीले निर्वाचन कार्यालय बराहतालमा आफ्नो अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।