आज सुनको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं ।आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्य तोलामा तीन सय रुपैयाँले घटेका छ । आज छापावाल सुनको मुल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य पनि आज प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।