कांग्रेसका जनप्रतिनिधिलाई एक रूपैयाँ पनि राज्यको पैसा दुरुपयोग गर्न दिन्नौँ –गगन थापा

काठमाडौं । कांग्रेसका जनप्रतिनिधिलाई एक रूपैयाँ पनि राज्यको पैसा दुरुपयोग गर्न नदिने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार गर्ने छुट नभएको बताएका हुन् । ‘कांग्रेसका वडाध्यक्ष, मेयरका उम्मेदवारले घर , जग्गा बेच्नु त्यो उनीहरुको आफ्नो कुरा भएको तर चुनावमा भएको खर्च निर्वाचित भइसकेपछि उठाउँने साच कदापी नल्यान उनले आग्रह गरेका छन् । उनले राज्यको एक रूपैयाँ पनि दुरुपयोग हुन नदिने बताएका छन् ।

साथै उनले उम्मेदवारलाई पनि कांग्रेसको संकल्प पत्र पढाउन आवश्यक भएको बताए । उनले आफ्ना निर्वाचित हुने साथीहरूलाई संकल्प पत्रअनुसार नै काम गराउँने बताए । यस्तै उनले स्वतन्त्र उम्मेदवारी हाल्ने कांग्रेसका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।