आँधीमा फँस्यो बंगालको दुर्गापुर जाँदै गरेको विमान, ४० यात्रु घाइते

काठमाडौं । मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी ७३७ विमान आइतबार आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

पाइलटको चेतनाका कारण विमान भने सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा आँधीमा फसेको थियो । त्यसपछि विमानको क्याबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका थिए ।